डोटीमा जंगली बिषालु च्याउँ खादा ११ जना बिरामी परेका छन।
दिपायल सिलगढी नगरपालिका-५ मा बिषालु च्याउ खाएर ११ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय डोटीका एसपी राजेन्द्र धमलाले जानकारी दिए।
उनका अनुसार सिलगढी नगरपालिका-५ का १८ वर्षीय अनमोल डुरा, ३९ को बाशु बोगटी, ६० वर्षीया गंगा डुरा, १४ वर्षीया एलिजा डुरा, १० वर्षीया मिना बोगटी, १२ वर्षीय सुनिल खड्का, ४३ वर्षीया सकुन्तला खड्का बिरामी परेका छन्।
त्यस्तै १२ वर्षीया निशा बोगटी, ३९ वर्षीया बर्मा देवल, ५० वर्षीय बबर देवल, १९ बर्षीया सानु बोगटी बिरामी परेको एसपी धमलाले जानकारी दिए।
शनिबार बेलुका जंगली च्याउ खाँदा बिरामी परेपछि तत्काल उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको थियो। त्यहाँ बाट थप उपचारका लागि राति १२ बजे डडेल्धुरा अस्पताल पठाइएको थियो।
अहिले सबैको अवस्था सामान्य रहेको एसपी धमलाले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए।