हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा साथै कोशी प्रदेशको मोरङ जिल्ला र आसपासका क्षेत्रहरूमा भारी वर्षा मापन भएको उसले जानकारी दिएको छ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भई बहने नदीहरूमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
उसले यी भेगका तटीय क्षेत्रमा सतर्कता अपनाउना पनि आग्रह गरेको छ।