कञ्चनपुरमा डुबेर एक जनाको मृत्यु भएको छ।
बेदकोट नगरपालिका–१० नयाँ गाउँका ६० वर्षीय नवलसिंह रावलको आइतबार नदीमा डुबेर मृत्यु भएको हो।
बनकट्टी खोला र चौधर नदीको दोभानमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसी प्रकाश डाँगीले जानकारी दिए।