सोलुखुम्बुबाट* काठमाडौंका लागि उडेको मनाङ एयरको 'एनए–एमभी' कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएको छ।
त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो।
‘पौने ११ बजे काठमाडौं पुग्नुपर्ने हेलिकप्टर अहिलेसम्म सम्पर्कमा छैन,’ सिटौलाले भने।
हेलिकप्टरमा पाँच जना विदेशी नागरिक छन्। हेलिकप्टरका पाइलट नेपाली हुन्।
*यसअघि हेलिकप्टर लुक्लाबाट उडेको हुन गएकामा सच्याइएको छ।