कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।
बर्दगोरिया गाउँपालिका–४ नौनियाका ६५ वर्षीय फुलराम डगौरा मृत फेला परेको प्रहरीले जनाएको हो।
उनी सोमबार दिउँसो घोडाघोडी नगरपालिका–६ को काट्याखोलामा मृत भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताए।