कैलालीको धनगढी–उपमहानगरपालिका–१९ आँखाफुटीबाट शसस्त्र प्रहरीले एक थान पेस्तोल फेला परेको छ।
मंगलबार साँझ उक्त ठाउँको सीमा इलाका सहायक सीमा स्तम्भ नम्बर ७३७/३ नजिकै गाईगोरू हेर्न बनाएको खरले छाएको सानो छाप्रोभित्र पेस्तोल फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी लल्लीपुरबाट नायब निरीक्षक कृष्णबहादुर थापाको कमान्डमा खटिएको टोलीले छाप्रोभित्र प्लास्टिकले बेरेर लुकाएर राखेको अवस्थामा उक्त पेस्तोल फेला पारेको हो।
पेस्तोल किन, कसले र कुन उद्देश्यका लागि राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण धनगढीले जनाएको छ।