दाङमा बाढीले बगाएर बेपत्ता एक युवक दुई दिनसम्म खोजी गर्दा पनि फेला पर्न सकेका छैनन्।
घोराही उपमहानगरपालिका–७ शुक्रबारेस्थित जंगुवा खोलामा माछा मार्न गएका घोराही–१० का २८ वर्षीय सुनिल पुन मगरलाई साउन ९ गते साढे ४ बजेतिर बाढीले बगाएको थियो।
बाढीले बगाएको खबर पाएलगत्तै प्रहरी र स्थानीयले उनको खोजी थालेका थिए।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगाएत स्थानीयले खोजी गर्दा समेत बेपत्ता युवकलाई फेला पार्न नसकिएको हो।
‘घोराहीबाट खोज्दै हामी बबईको किनारै किनार तुलसीपुरको अन्तिम सीमानासम्म पुग्यौं,’ गौतमले भने, ‘तर, बाढीले बगाएका युवकलाई अझै फेला पार्न सकिएको छैन।’
बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहने प्रहरीले जनाएको छ।
यो पनि:
माछा मार्न गएका युवकलाई बाढीले बगायो