मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर, नेपाल नजिक अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेशको केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु जिल्ला भएर बहने नदी, खोलामा बहाव बढ्ने सक्ने छ।
त्यस्तै रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, कास्की, लमजुङ, पर्वत, म्याग्दी, दैलेख, सुर्खेत, बझाङ, बाजुरा, डोटी र आसपास भई बहने केही ससाना नदीहरूमा पनि बाढीको जोखिम औंल्याइएको छ।
आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।