तीन दिनअघि विराटनगरमा एक युवकमाथि तरबार प्रहार गरी घाइते बनाउने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–८ का २२ वर्षे मोहम्मद हलिममाथि सोमबार दिनदहाडै तरबार प्रहार हुँदा उनी गम्भीर घाइते भएका थिए।
दुवै हातमा गहिरो चोट बोकेका उनको तीन दिनयता नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
तरबार प्रहार गरेको आरोपमा प्रहरीले विराटनगर-८ का २२ वर्षीय समीर हुसेन र विराटनगर–६ का २४ वर्षीय अशोक अन्सारीलाई पक्राउ गरेको हो।
नेपाल-भारत सीमा क्षेत्र नजिकबाट बुधबार बिहान २ बजेतिर हुसेन र अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिएका छन्।