झापामा बलात्कार आरोपमा एक पुरूष पक्राउ परेका छन्।
दमक नगरपालिका-५ मा बस्ने मोरङ कानेपोखरी गाउँपालिका-३ का ४३ वर्षीय मोहन बहादुर राई पक्राउ परेका हुन्।
उनलाई प्रहरीले आइतबार नगरकै एक होटलबाट पक्राउ गरेको हो।
गत साउन १८ गते दिउँसो दमक नगरपालिका-८ स्थित होटलमा लगेर २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको उजुरी छ। त्यही आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ।