रूकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुबाहक हाइस गाडी दुर्घटनाका घाइतेमध्ये दुई जनाको तुलसीपुरमा मृत्यु भएको छ।
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएकामध्ये रूकुम पश्चिमका ६० वर्षीय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका– २ का ३६ वर्षीय ओमपत खत्रीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले सेतोपाटीलाई बताए।
मल्लका अनुसार तुलसीपुर अस्पतालमा १६ जना घाइतेको उपचार भइरहेको छ।
तुलसीपुर ल्याइएकामध्ये थप तीन यात्रुको अवस्था गम्भीर छ।
लु २ ख ५७३१ नम्बरको यात्रुबाहक फोर्स गाडी कपुरकोट गाउँपालिका–३ आगरखोला नजिकै दिउँसो तीन बजेतिर दुर्घटनामा परेको हो।