नेपाली कांग्रेसका नेता राजाराम कार्कीको निधन भएको छ।
काठमाडौंको वीर अस्पतालमा उपचाररत कार्कीको बुधबार अपराह्न ५ बजे निधन भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
कार्कीको पार्थिव शरीरलाई बिहीबार बिहान ९ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालय सानेपामा राखिने मुख्यसचिव पौडेलले बताए।
कार्की धादिङबाट कांग्रेस महासमिति सदस्य थिए। उनी २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा विमलेन्द्र निधि प्यानलबाट महामन्त्री पदका उम्मेदवार थिए, पराजित भए।
कार्की कांग्रेस पूर्वकेन्द्रीय सदस्य, नेपाल तरूण दलका पूर्वमहामन्त्री, बागमती प्रदेश सभाका पूर्वसदस्य पनि हुन्।
कार्कीको निधनको खबरले आफू स्तब्ध भएको कांग्रेस सभापति शेरबहादुर देउवाले उल्लेख गरेका छन्।
कार्कीको पशुपति आर्यघाटमा बिहीबार दिउँसो अन्त्येष्टि गर्ने तयारी छ।