पहिरोले अवरूद्ध मुग्लिन-नारायणघाट सडक दुइतर्फी सञ्चालनमा आएको छ।
चितवनको इच्छाकामना गाउँपालिकास्थित नाम्सी पुलनजिकै खसेको पहिरो हटाइएपछि सडक दुइतर्फी सञ्चालनमा आएको नारायणघाट-मुग्लिन सडकका इन्जिनियर चण्डेश्वर शाहले जानकारी दिए।
‘पहिरोले केहीबेर एकतर्फी भएको सडक अहिले दुइतर्फी नै सञ्चालनमा आएको छ,’उनले भने।