भक्तपुर बाल सुधार गृहको घ
टनामा राष्ट्रिय मानव अधिकारले आयोगले अनुसन्धान गर्ने भएको छ।
घटनाको अवलोकलन गरेपछि थप अनुसन्धान गर्ने निष्कर्षमा पुगेको बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले भनेको छ।
भदौ ३ गते भक्तपुर बाल सुधार गृहमा बस्दै आएका १
८ वर्षीय कमल बस्नेतको मृत्यु भएको थियो। उनका परिवारले त्यसलाई मृत्यु नभई हत्या भएको दाबी गरेका छन्।
यही विषयलाई लिएर सोमबार बाल सुधार गृहमा तोडफोड र नाराबाजी भएको थियो। जसमा त्यहाँ बस्ने बालबालिका भागेका थिए। त्यहाँ २९८ जना बालबालिका बस्छन्। तीमध्ये २५५ बालक तोडफोड गरेर भागेका हुन्।
उनीहरूलाई भक्तपुर र काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको थियो। चार दिन भइसक्दा पनि १० जना नियन्त्रणमा नआएको जानकारी आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ।
अनुगमन गर्दा उक्त बालकको लापरबाहीको कारण ज्यान गएको हुनसक्ने धेरैको धारण आएकाले थप अनुसन्धान अगाडि बढाइएको राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए।
'परिवार र त्यहाँका बालबालिकाले समयमा उपचार नपाएकाले मृत्यु भएको आरोप लगाएका छन्। सत्यतथ्य के हो भनेर बुझ्न थप अनुसन्धान गर्न लागेको हो,' प्रवक्ता पोखरेलले भने।

