इन्जिनियर कृष्ण रिजालको अध्यक्षतामा नेपाल इन्जिनियर्स एसोसिएसन चितवनको नयाँ समिति बनेको छ।
आठौं अधिवेशनबाट रिजाल वर्ष २०८०/०८२ का लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।
एसोसिएसनको उपाध्यक्षमा चन्द्रमणि बस्याल, सचिवमा दीपक खनाल, कोषाध्यक्षमा सुमन श्रेष्ठ, सदस्यहरूमा सुशीला जम्मरकट्टेल, आशिष गुरूङ, विकल पंडित, अजय पोखरेल र अनिष काफ्ले चयन भएको निवर्तमान अध्यक्ष विराट घिमिरेले जानकारी दिए।