बंगुर लिएर फरार भएको आरोपमा काठमाडौंबाट एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका-३ का ३२ वर्षीय पेमाध्वज लामा रहेका छन्।
फार्मबाट बंगुर उठाएपछि पैसा नतिरी फरार हुने गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।
बंगुर गाडीमा राखिसकेपछि 'एटिएमबाट पैसा निकालेर ल्याउँछु' भनी फरार हुने गरेको एसपी ढुंगेलले जानकारी दिए।
त्यसरी एउटै फार्मबाट २३ वटा सम्म बंगुर लिएर पैसा नतिरी फरार रहेको उजुरी आएको उनले बताए।
उनले काठमाडौंकै तीन/चार वटा बंगुर फार्ममा त्यसरी ठगेको पाइएको छ। उनीविरूद्ध काठमाडौंमा मात्र नभई भक्तपुर, ललितपुर र काभ्रेमा पनि त्यसरी नै ठगी गरेको उजुरी परेको डिएसपी ढुंगेलले जानकारी दिए।
उनीविरूद्ध ठगी मुद्दामा थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले बताए।
*यसअघि फोटो अन्यथा परेकाले परिवर्तन गरिएको)