काठमाडौं महानगरपालिकाले पेय पदार्थ बिक्रेता कालिञ्चोक ट्रेडिङ प्राइभेट लिमिटेडलाई १ लाख ५० हजार जरिवाना गरेको छ।
आइतबार महानगरले उक्त कम्पनीलाई ढुसी परेको पेय पदार्थ बेचेका कारण कारबाही स्वरूप डेढ लाख जरिवाना तिराएको महानगरपालिकाले जनाएको छ।
महानगरका अनुसार कम्पनीले बोतल राम्ररी सिलबन्दी नगरी बजारमा पठाएको र त्यसमा अखाद्य वस्तु समेत भेटिएको हुँदा जरिवाना गरेको हो।
उसलाई अब त्यस्तो गल्ती नदोहोर्याउन सचेतसमेत गराइएको छ।
अब राम्ररी जाँच गरेर मात्र बजारमा पठाउन महानगरले आग्रह गरेको छ।