एक हजार दुई सय २३ केजी पटाकासहित तीन युवक पक्राउ परेका छन्।
उनीहरूलाई शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा रौतहट राजदेवी नगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने ३२ वर्षीय राजु भन्ने दिपक मण्डल, भारत बिहार बेतिया मजौलिया थाना सेनवरिया ग्राम घर भई हाल काठमाडौं महानगरपालिका-१३ बस्ने २८ वर्षीय धर्मेन्द्र साह र सर्लाही चक्रघट्ट गाउँपालिका-५ घर भई गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने २८ वर्षीय मुकेश मण्डल छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
६५ बोरा पटाकासहित उनीहरूलाई ताहाचल, मान्टारबाट पक्राउ गरिएको हो।
उनीहरूलाई विष्फोटक पदार्थसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।