स्थानीय सूर्मा भवानी (बिरे जात्रा) मनाउन दार्चुलाको अपि हिमाल गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ।
सूर्मा भवानीको जात्रा लाग्ने भएकाले भदौ ११, १२, १३ गते सार्वजनिक बिदा दिएको गाउँपालिकाले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ।
यस अवधिभर गाउँपालिकाका सरकारी कार्यालय र सार्वजनिक निकाय बन्द रहने गाउँपालिकाले जानकारी दिएको छ।
दार्चुला र बझाङ जिल्लाको सीमा क्षेत्रमा मनाइने सूर्मा भवानीको जात्रा त्यग भेगको प्रशिद्ध सांस्कृतिक पर्व मानिन्छ ।
अपी हिमाल गाउँपालिकाको घाजिर हुँदै बझाङको सूर्मा सरोवरको सीमासम्म यो जात्रा मनाइने गरिन्छ ।
बझाङका सिकारीले लखेट्दा सूर्मा भवानी तालमा विलय भएको धार्मिक मान्यता छ।