सर्वोच्च अदालतमा आजदेखि अटोमेसन प्रणालीद्वारा पेशी तारेख* तोक्न सुरू गरिने भएको छ।
आज प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले अटोमेसनद्वारा पेशी तारेख तोक्ने व्यवस्थाको उद्घाटन गर्ने सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलले बताए।
‘आजदेखि सर्वोच्च अदालतको पेशी तारेख अटोमेसनबाट तोकिने भएको छ। प्रधानन्यायाधीशज्यूले अटोमेसन प्रणालीको उद्घाटन गर्ने कार्यक्रम छ,’ उनले भने।
यसअघि कर्मचारीले नै पेशी तारेख तोक्दै आएकामा अबबाट अटोमेशन प्रणाली लागू हुने भएको हो। २०७८ माघदेखि गोलाप्रथाबाट पेशी तोकिँदै आएको छ।
*सच्याइएको।