भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी आरोपमा एक पुरूष पक्राउ परेका छन्।
काठमाडौं नरेफाँट बस्दै आएका इलाम, इलाम नगरपालिका-९ का ५२ वर्षीय सूर्यबहादुर भण्डारी पक्राउ परेका हुन्।
उनलाई सोमबार साँझ काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
भण्डारीविरूद्ध किशोरीले सूर्यविनायक नगरपालिका-९ पलाँसेस्थित रिसोर्टमा आइतबार दिउँसो जबरजस्ती करणी गरेको उजुरी दिएकी थिइन्।
सोही उजुरीको आधारमा उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।