उदयपुरमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
कटारी नगरपालिका-१ बेलसोत बस्ने २५ वर्षीय जय बहादुर खपाङ्गी पक्राउ परेका हुन्।
उनलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।
महिलाले आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरी दिएकी थिइन्। उक्त उजुरीको आधारमा खपाङ्गीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।