चार दिनदेखि सम्पर्कविहीन रहेका डोल्पा, नन्द बक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डित अझै सम्पर्कविहीन नै छन्।
आइतबार साँझ ४:५५ बजेदेखि सम्पर्कविहीन रहेका उनको अवस्था यकिन हुन नसकेको डोल्पाका प्रहरी प्रमुख डिएसपी शिव बुढाथोकीले जानकारी दिए।
‘आजचाहिँ खोलाको किनारैकिनार त्रिवेणीतिर खोज्न टोली परिचालन गरेका छौं। रातभरि खोजी कार्य जारी राख्दा पनि अवस्था यकिन हुन सकेन,’ जिल्ला प्रहरी प्रमुख बुढाथोकीले भने।
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका, डाँछी घर भएका उनी ब्यारेकबाट साथीसँग बाहिर निस्किएका थिए। मोबाइलको अन्तिम लोकेसन दुनैबाट एक घन्टाको दूरीमा रहेको त्रिपुराकोट देखिएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए।
अंगरक्षक नलिई निस्किएका पण्डित बेपत्ता हुनुपर्ने कारण पनि पत्ता लाग्न सकेको छैन।