राहुल महरा सिआइबी जाने भएका छन्।
बुधबार अपराह्न फेसबुकमा स्टाटस राख्दै उनले सिआइबीमा उपस्थित भएर अनुसन्धानमा सहजीकरण गर्ने उल्लेख गरेका हुन्।
‘हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम सिआइबीमा उपस्थित भै अनुसन्धानमा सहजीकरण गर्दैछु। नबिराउनु, नडराउनु,’ महराले लेखेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको इलेक्ट्रिक सिगरेट (भेप) साटेर सुन बेचबिखन गर्ने समूहसँग महराको साठगाँठ रहेको आरोप लागेको थियो।
भेपमा लुकाएर ल्याएको सुनबारे राहुल महराले एयरपोर्टमा सोधखोज गरेका थिए। उनी माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन्।
यो पनि: महरा र उनका छोरासँग सम्पर्क भएका शंकास्पद चिनियाँले एयरपोर्टमा छोडेको सुन