सामाजिक सञ्जालमा अश्लिल फोटो/भिडिओ पठाएको आरोपमा एक युवक पक्राउ परेका छन्।
भक्तपुर नगरपालिका-१४ का २५ वर्षीय सुसन चौगुठी पक्राउ परेका हुन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ।
चौगुठीविरूद्ध पीडितले प्रेम जालमा पारी विभिन्न बहानामा खिचिएका अश्लिल फोटो/भिडिओ नक्कली आइडीबाट अन्य व्यक्तिलाई पठाएर चरित्र हत्या गरेको उजुरी दिएकी थिइन्। सोही उजुरीको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटी पठाइएको जनाइएको छ।