९५ हजार रूपैयाँ नक्कली नोटसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रौतहट कटहरीया नगरपालिका-६ का १९ वर्षीय धर्मेन्द्र महरा, सोही नगरपालिका-१ का २१ वर्षीय दिपेश दास र राक्सिराङ गाउँपालिका-२ बस्ने ४० वर्षीय बिजय तामाङ छन्।
दिपेश र धर्मेन्द्रलाई बिहिबार राती प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका-१५ चुरीयामाई मन्दिर नजिकबाट पक्राउ गरेको हो।
अनुसन्धानको क्रममा संलग्नता देखिएकाले बिजयलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।