प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले एकसाथ ४८ जना प्रहरी उपरीक्षकको सरूवा गरेका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार आइजिपी कुँवरको शुक्रबारको निर्णयअनुसार ४८ जना एसपीहरूलाई एकसाथ सरूवा गरिएको हो।
सरुवा भएका एसपीहरूले भदौ महिनाको तलब, भत्ता हाल दरबन्दी तोकिएको ठाउँबाट पाउने व्यवस्था मिलाएको छ।
काठमाडौंका एसपी सिताराम रिजाल जिल्लाको नेतृत्व गर्नेगरी मकवानपुर सरूवा भएका छन्। उनको स्थानमा कुमोध ढुंगेर जिल्ला परिसर काठमाडौं आएका छन्।
को कहाँ सरूवा भए?