कैलालीमा अटोबाट झर्नेक्रममा लडेर एक जनाको मृत्यु भएको छ।
धनगढी–उपमहानगरपालिका–१ का ५० वर्षीय गंगा बहादुर केसीको मृत्यु भएको हो।
धनगढी उप–महानगरपालिका– ५ नेपाल राष्ट्र बैँक नजिक शुक्रबार साँझतिर से १ ह २८९९ नम्वरको अटोबाट झर्नेक्रममा उनी लडेका थिए।
उनी सो अटोका चालक हुन्। लडेर् निधारमा चोट लागेपछि उपचारको लागी सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइएको थियो। अस्पतालमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए।