राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सवका उत्कृष्ट १० कविलाई पुरस्कृत गरेका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका अवसरमा शितल निवासमा भएको कार्यक्रममा राष्ट्रपति पौडेलले कविहरूलाई पुरस्कार प्रदान गरेका हुन्।
उमेश पुन, कृपा करुणा पोखरेल, खिमानन्द जोशी, जीवन आरोही, टङ्कबहादुर झाँक्री मगर, तीर्थराज विश्वकर्मा, नवीन अभिलाषी, पूर्णानन्द ओझा, प्रकाश दिप्साली राई र राधिका कल्पितलाई राष्ट्रपतिले बिहीबार पुरस्कार प्रदान गरेका हुन्।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले साहित्यको विकासमा सरकारले सधैं सहयोग गर्ने बताएका थिए।
आफ्नो मौलिक रचना विश्व साहित्य माझ प्रस्तुत गर्नुपर्ने उनले बताए।
प्रतिष्ठानका कुलपति भुपाल राईले प्रतिष्ठानका गतिविधि र कविता महोत्सवका विविध पक्षबारे जानकारी गराएका थिए।