नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
पक्राउ पर्नेमा गोरखा नगरपालिका-४ धारापानी घर भई नागार्जुन नगरपालिका-८ भिमढुंगा बस्ने ३८ वर्षीय गौरव थापा छन्। स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोबार गरिरहेका छन् भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा प्रहरी खटिएको थियो।
उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको एसपी रेग्मीले बताए। उनीबाट प्रहरीले हजारको नोटहरू कुल एक लाख बराबरको नक्कली नोट बरामद भएको हो।
प्रहरीले उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।