ललितपुरमा मृत्यु हुनेको संख्या १८ पुगेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी नरहरि अधिकारीका अनुसार अहिलेसम्म १८ जनाको शव फेला परेको हो।
त्यस्तै विभिन्न ठाउँमा उद्धारका प्रयासहरू जारी नै छन्।
सानेपा क्षेत्रबाट १३३ जनाको उद्धार भएको छ। नख्खु क्षेत्रबाट ४९ जना, बुंगमतीबाट ७५ जना, चापागाउँबाट ५८ जना, युएनपार्कबाट ३ जना, इमाडोलबाट ४० जना, सातदोबाटोबाट ७४ जना, ग्वार्कोबाट ४३ जना र बाडेगाउँबाट २ जनाको उद्धार भएको प्रहरीले जनाएको छ।
अझै केही मानिसहरू बेपत्ता छन्। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
ललितपुरको नख्खु क्षेत्रमा नेपाल प्रहरीले गरेको उद्धारका तस्बिरहरू:
-1727517322.jpeg)
-1727517323.jpeg)

-1727517323.jpeg)
-1727517322.jpeg)
-1727517322.jpeg)
-1727517321.jpeg)


-1727517320.jpeg)
-1727517320.jpeg)
