काठमाडौंमा लगातार तीन दिनसम्म परेको वर्षापछि शनिबार अपराह्न मौसम खुलेको छ।
बिहीबार रातिदेखि पानी परेपछि शनिबार दिउँसोपछि क्रमशः सफा हुँदै घाम लाग्न थालेको हो।
मौसम खुलेसँगै काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा घाम लागेको छ।
आकाशमा रहेका बादल हट्दै जाँदा टाढाटाढासम्मका दृश्य स्पष्ट देखिन थालेका छन्।
चन्द्रागिरिबाट काठमाडौं उपत्यका र वरपरका पहाडी भूभागसँगै हिमालका दृश्यसमेत देखिएका छन्।
वर्षाका कारण केही दिनदेखि ओझेलमा परेका हिमाल मौसम खुलेसँगै फेरि दृश्यमा देखिएका हुन्। घाम लागेपछि उपत्यकाको वातावरण पनि उज्यालो र खुलेको देखिएको छ।
काठमाडौंमा अब वर्षाको सम्भावना कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद निष्ठा निरौलाले जानकारी दिइन्।
हिमाली भूभागका थोरै स्थानमा भने हल्का वर्षा र हिमपात हुन सक्नेछ।
मौसम आजैदेखि क्रमिक सुधार हुँदै भोलिदेखि घाम लाग्ने महाशाखाले जनाएको छ।
शनिबार अपराह्न चन्द्रागिरिबाट देखिएको काठमाडौं र आसपासको क्षेत्रको दृश्यले तीन दिनको झरीपछि खुलेको आकाश—
-1793442208.jpg)
-1793442208.jpg)
-1793442208.jpg)
-1793442208.jpg)
-1793442208.jpg)
-1793442208.jpg)
-1793442207.jpg)
-1793442207.jpg)