अविरल वर्षाले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेशी नगरपालिका र काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सीमा झ्याप्ले खोलामा पहिरोले यात्रुवाहक बस पुरेको छ।
आज बिहान करिब २:३० बजेतिर आएको पहिरोका सडक पूर्ण रूपमा अवरोध भएको छ।
सो क्षेत्रमा फसेका यात्रुहरूलाई चन्द्रागिरि नगरपालिकाले बसको व्यवस्था गरी सुरूङ मार्गबाट उद्धार गरिएको छ।
दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ।
त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन्।
नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका छन्।
अहिलेसम्म एक हजारभन्दा बढीको उद्धार गरिएको छ। काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १२ जना बेपत्ता भएका छन्।
-1727521993.jpg)
-1727521992.jpg)
-1727521991.jpg)
-1727521991.jpg)
-1727521992.jpg)
-1727521992.jpg)
-1727521991.jpg)
-1727521990.jpg)
-1727521990.jpg)
-1727521990.jpg)
-1727521987.jpg)
-1727521987.jpg)
-1727521988.jpg)
-1727521989.jpg)
-1727521989.jpg)
-1727521988.jpg)
-1727521989.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी