गत वर्ष असोजको दोस्रो साता रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनेको बिपी राजमार्ग अझै पुनर्निर्माण भएको छैन।
मनसुन भएको बेला बाढी–पहिरोले पुर्याएको क्षतिको पुनःनिर्माण गर्न अर्को मनसुनको मुखमा निर्माण व्यवसायी परिचालन गर्ने तयारी सडक डिभिजन कार्यालयले गरेको छ।
हुन त सडक डिभिजन भक्तपुर बिपी राजमार्गको भकुण्डेबसीदेखि नेपालथोकसम्म अस्थायी मर्मत गरिरहेको छ। तर अस्थायी मर्मतले पनि आवागमन सहज बनाएको छैन।
पानी पर्नेबित्तिकै सडकको बेहाल हुने गरेको छ। प्रि–मनसुनकै समयमा यात्रुहरू ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।
बिपी राजमार्गको कटुञ्जेदेखि बर्खेखोलासम्म विभिन्न खण्डमा सडक पूर्ण रूपमा ध्वस्त भएको छ। बेला बेला सडक पूर्ण रूपमा अवरुद्ध हुने गर्छ। खुलेको बेला पनि सवारीसाधनलाई बाटो पार गर्न निकै हम्मे पर्छ।
असोजको बाढीले सडक पूरै बगाएपछि अस्थायी बाटो बनाइएको छ। खोलामा बाढी आउँदा बाटोसम्मे पानी आइपुग्ने गरेको छ। ठाउँ ठाउँमा खोलाले बाटो कटान गरिरहेको अवस्था पनि देखिएको छ।
असोजमा आएको बाढीका कारण काभ्रेको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ भने साढे ८ किलोमिटर सडक जमिन (जग) बाटै पूर्ण रूपमा बगेको छ। बाँकी खण्डमा पनि धेरै ठाउँमा भत्केको छ।
पूर्ण रूपमा बर्खा नलाग्दै सडकको यो हालत देखिरहेका यात्रु तथा सवारीचालक मध्य बर्खामा झन् के हालत होला भनेर चिन्तित छन्।
-ink-1747968438.jpeg)
-ink-1747968439.jpeg)
-ink-1747968439.jpeg)
-ink-1747968438.jpeg)
-ink-1747968437.jpeg)
-ink-1747968437.jpeg)
-ink-1747968437.jpeg)
-ink-1747968437.jpeg)
-ink-1747968436.jpeg)
-ink-1747968436.jpeg)
-ink-1747968435.jpeg)
-ink-1747968435.jpeg)
-ink-1747968435.jpeg)
-ink-1747968435.jpeg)