पर्साको वीरगञ्जस्थित एक विद्यालयको सिलिङ फ्यान खसेर लाग्दा दुई जना घाइते भएका छन्।
बिहीबार बिहान ८ बजे वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित सिद्धार्थ मा.विको कक्षा कोठामा रहेको सिलिङ फ्यान खसेर दुई जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजु कार्कीले जानकारी दिए।
उनका अनुसार पिपरा बस्ने १३ वर्षीय आर्यनकुमार पटेल र कालिकामाई मुर्ली बस्ने १३ वर्षीय अमनकुमार पण्डित घाइते भएका हुन्।
उनीहरू कक्षा कोठामा प्रवेश गर्ने बेलामा सिलिङबाट फ्यान खसेर चोट लागेको डिएसपी कार्कीले बताए।
दुबै जनाको टाउको र मुखमा चोट लागि घाइते भएका छन्।
उनीहरू दुबै जनालाई उपचारको लागि नारायणी अस्पताल पर्सामा लगिएको छ।