काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं एआइजी ईश्वर कार्कीले ट्राफिक व्यवस्थापनको क्षेत्रमा पर्याप्त प्रविधिको अभाव भएको बताएका छन्।
सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौंमा आयोजना गरेको गोष्ठीमा बोल्दै उनले अहिले ट्राफिक प्रहरीलाई प्रविधिमैत्री बनाउन सकिने बताएका हुन्।
अहिलेको सरकारले बजेटमा पनि ट्राफिक व्यवस्थापनको विषयलाई यथोचित ढंगले सम्बोधन गरेकाले त्यसैलाई मध्यनजर राखेर समयले खोजेअनुसार ट्राफिक व्यवस्थापन गर्नुपर्ने उनले बताए।
‘डिजिटल्ली हामी केही अगाडि बढेका छौं। तर पर्याप्त छैन। यो अपर्याप्त प्रविधिको सन्दर्भमा अहिले राइट समय छ। श्रीमान सचिवज्यूले भन्नुभएको छ–केही पोलिसीहरू चेन्ज छन्। केही ऐन, कानूनहरू निर्माणाधीन छन्। र, अहिलेको सरकारले बजेटमा पनि सम्बोधन गरेको छ। यो समयलाई मध्यनजर गर्दै हामीले खोजेको ट्राफिक व्यवस्थापन, समयले डिमान्ड गरेको ट्राफिक व्यवस्थापनमा डिपाचर गर्नुपर्ने अवस्था छ,’ उनले भने।