रोल्पामा स्कुलबाट घरतर्फ फर्किने क्रममा खहरे खोलामा आएको बाढीले बगाउँदा दुई बालकको मृत्यु भएको छ।
जिल्लाको गंगादेव गाउँपालिका–६ रातामाटाका ७ वर्षीय गोपाल खड्का र ६ वर्षीय समिर केसीको खहरे खोलामा आएको भेलले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
गोपाल स्थानीय निमबहादुर खड्काका र समिर सर्वजित खत्रीका छोरा हुन्।
बुधबार बेलुकी साढे ५ बजेतिर इलाका प्रहरी कार्यालय जिनावाङमा विद्यालयबाट घर फर्किँदै गरेका दुई बालकलाई खहरे खोलाको भेलले बगाउँदा मृत्यु भएको स्थानीयले सूचना दिएका थिए।
अनुसन्धानका लागि घटनास्थलमा प्रहरी पुगेको छ।