काठमाडौंको आकाशमा आइतबार बिहान फेरि बादल लागेको छ।
जमिनको सतहमा बाक्लो बादल र कुहिरो देखिए पनि चन्द्रागिरिको आकाशबाट भने वरपरका डाँडाकाँडा र हिमशृङ्खलाको मनमोहक दृश्य देखिएको छ।
चन्द्रागिरिबाट ड्रोनमा कैद गरिएका दृश्यमा तल बाक्लो बादल समुद्रझैँ फैलिएको देखिन्छ।
बादलमाथि घाम लागेको छ भने पृष्ठभूमिमा धादिङतर्फका डाँडाकाँडा र सुन्दर हिमशृङ्खला खुलेका छन्।
शनिबार दिनभर परेको वर्षापछि साँझ केही खुलेको मौसम आइतबार बिहान पुनः धुम्मिएको हो।
जमिनबाट हेर्दा बादलले ढाकिएको काठमाडौंको दृश्य आकाशबाट भने निकै आकर्षक देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने जनाएको छ।
-1793502182.jpg)
-1793502181.jpg)
-1793502181.jpg)
-1793502181.jpg)

-1793502181.jpg)
-1793502179.jpg)
-1793502179.jpg)
-1793502178.jpg)
-1793502178.jpg)
-1793502178.jpg)
-1793502176.jpg)
-1793502176.jpg)