भन्सार छलेर मुस्ताङको कोरोला नाकाबाट भित्र्याएको आशंकामा सशस्त्र प्रहरीले ७७४ वटा गाडीलाई नियन्त्रणमा लिएको छ।
भन्सार छलि गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराती सशस्त्र प्रहरी बलले ती गाडीहरू नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रवक्ता एवं डिआइजी विष्णुप्रसाद भट्टले जानकारी दिए।
गाडी नियन्त्रणमा लिनको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत, नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो।
यसैगरी नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत २ वटा गाडी नियन्त्रणमा लिइएको छ।
नियन्त्रणमा लिइएका गाडीहरू आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइने सशस्त्र प्रहरी बलले जनाएको छ।