कीर्तिपुरको होल्डिङ सेन्टरमा आश्रित एक जना सुकुम्बासीको बिहीबार उपचार क्रममा मृत्यु भएको छ।
मृत्यु हुने ३८ वर्षीय भेषराज दर्जी हुन्। उनको उपचार क्रममा बिहीबार दिउँसो २:४५ बजे मृत्यु भएको वीर अस्पतालका सुचना अधिकारी तारा बहादुर कुँवरले जानकारी दिए।
'उनी लामो समयदेखि बिरामी भएको जानकारी आएको छ,' उनले भने।
सुचना अधिकारीका अनुसार उनलाई १८ गते आइसियूमा भर्ना गरिएको थियो।