सचिव कृष्णहरि पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ।
बिहीबार दिउँसो उनलाई नियन्त्रणमा लिएर राति छाडिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेले जानकारी दिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिउँसो ३ बजे पुष्करलाई नियन्त्रणमा लिएको थियो।
गएराति १० बजे नै पुष्करलाई छाडिएको पनि डिआइजी काफ्लेले बताए।
'दिउँसो नियन्त्रणमा लिएर राति १० बजे छाडिएको बुझियो,' डिआइजी काफ्लेले सेतोपाटीसँग भने, 'कारण चाहिँ थाहा भएन।'
गृह मन्त्रालय उच्च स्रोतका अनुसार पुष्करले प्रधानमन्त्री बालेन शाहको विषयमा मेसेज लेखेको वा बोलेको खुलेपछि उनलाई बोलाएर सोधपुछ गर्नु भनेर गृह मन्त्रालयमार्फत अपराध अनुसन्धान कार्यालयलाई मेसेज गएको थियो।
'प्रधानमन्त्रीको बारेमा बोल्नुभएको वा लेख्नुभएको भन्ने केही रहेछ,' स्रोतले भन्यो।
तर के विषयमा कारबाही अघि बढाउने भन्ने आधार नभेटिएपछि उनलाई ७ घन्टा नियन्त्रणमा राखेर छाडिएको पनि स्रोतले बताएको छ।
उनलाई श्रीमतीको जिम्मामा छाडिएको थियो। उनी उपराष्ट्रपति कार्यालयमा कार्यरत थिए।