रूकुम पूर्व प्रहरीले लागुऔषध मुद्दामा १८ वर्षदेखि फरार प्रतिवादीको सूचीमा रहेकी एक महिलालाई पक्राउ गरेको छ।
जिल्लाको सिस्ने गाउँपालिका – ६ छिप्रदहकी नैना पुन भनिने कर्मकुमारी पुन बिहीबार बेलुकी पक्राउ परेकी हुन्।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर विकका अनुसार जिल्ला अदालत कपिलवस्तुले १८ वर्ष पहिले अर्थात २०६५/०३/३० गते पुनलाई लागुऔषध चरेि मुद्दामा १ वर्ष १० महिना २० दिन कैद र ३३ हजार जरिवानाको फैसला सुनाएको थियो। त्यसयता उनी फरारको सूचीमा थिइन्।
पक्राउपछि पुनलाई जिल्ला अदालत रूकुम पूर्वमा पेस गरिएकोमा अदालतको आदेशले तोकिएको सजाय भुक्तान गर्नका लागि जिल्ला कारागार रूकुम पश्चिममा पठाएको थियो।
पुनलाई रूकुम पश्चिम जिल्ला कारागारमा सोही दिन चलान गरिएको प्रहरी निरीक्षक बिकले जानकारी दिए।