दैलेखमा स्कुटरसहित खोलामा बगेका आमा छोरीमध्ये आमाको मृत्यु भएको छ। छोरी भने ज्यान जोगाउन सफल भएकी छन्।
जिल्लाको भगवतीमाई गाउँपालिका–२ सुनखोलामा सोही वडाको खोप बजारकी ३८ वर्षीया ज्वाला शाहीको मृत्यु भएको छ।
बिहीबार बेलुकी सवा ६ बजेतिर बेस्तडा बजारबाट घर फर्किने क्रममा स्थानीय सुनखोला तर्ने क्रममा शाहीले चलाएको भे ७ प २९६९ नम्बरको स्कुटर सहित आमा छोरी बगेका थिए।
शाहीकी १५ वर्षीया छोरी भने ज्यान जोगाउन सफल भएकी थिइन्।
उनको अवस्था सामान्य रहेको तथा जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले मृतकको शव ८ बजेपछि फेला पारी पोष्टमर्टमका लागि अस्पताल पुर्याएको थियो।