रूकुम पश्चिम प्रहरीले जेनजी आन्दोलनको गलत फाइदा उठाउँदै जेलबाट भागेका एक जना कैदीबन्दीलाई पक्राउ गरेको छ।
जिल्लाको बाफुकोट गाउँपालिका–२ जितुका २६ वर्षीय दुर्गालाल परियार भनिने दुर्गालाल दमाई पक्राउ परेका हुन्।
जिल्ला प्रवक्ता प्रहरी निरीक्षक हेमन्त गिरीका अनुसार गएराति ९ बजेतिर उनलाई घरबाटै नियन्त्रणमा लिइएको हो।
जबरजस्ती करणी मुद्दामा २०८१/१०/०६ गते जिल्ला अदालतले उनलाई १२ वर्ष कैद, ५ लाख जरिवाना र ५० हजार क्षतिपूर्ति भराउन फैसला सुनाएको थियो।
जिल्ला कारागारमा तोकिएको सजाय भुक्तान गरिरहेको समयमा जेनजी आन्दोलनको गलत फाइदा उठाउँदै कारागारको गेट तोडेर दमाई फरार भएका थिए।
पक्राउपछि शुक्रबार दमाईलाई अदालतमा पेस गरिएको थियो।
अदालतको आदेशले फेरि उनलाई तोकिएको बाँकी सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।