सर्वोच्च अदालतले राजनीतिक विश्लेषक बताउने भरतमणी दाहाललाई रिहा गर्न आदेश दिएको छ।
बिहीबार न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले दाहाललाई तारेखमा छाड्न आदेश दिएको हो।
‘...थुनामै राख्नुपर्ने सम्मको अवस्था विद्यमानता रहेको नदेखिएको अवस्थामा अनुसन्धानलाई निरन्तरता दिनुपर्ने भएमा आजकै मितिमा दाहाललाई तारिखमा अनुसन्धान गर्नू,’ आदेशमा भनिएको छ।
सर्वोच्च अदालतले नेपाल प्रहरीको साइबर ब्युरोको नाममा परमादेश जारी गरेको हो।
प्रहरीले दाहालको युट्युब च्यानलमा प्रकाशन गरेको सामाग्रीलाई लिएर पक्राउ गरेको थियो। पक्राय गरेपछि उनकी छोरी डेनिकाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
सर्वोच्चले जिल्ला अदालतबाट म्याद थप भएर विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान भइरहेको हुँदा बन्दी प्रत्यक्षीकरणको रिट जारी गर्न नपर्ने पनि बताएको छ।
तर उनको बयान समेत सकिसकेको हुँदा र थुनामै राख्नुपर्ने नदेखिएकाले सर्वोच्चले प्रहरीको नाममा परमादेश जारी गरेको हो।