भाइटीकाको दिन बिहानै घाम लागेको काठमाडौं उपत्यकाको मौसम दिउँसो अचानक बदलिएको छ।
एकाएक आकाश कालो बादलले ढाकिएपछि उपत्यकाका विभिन्न स्थानमा मेघगर्जन सहित वर्षा भइरहेको छ।
दिउँसो मौसम बदलिएसँगै उपत्यकाका केही स्थानमा असिना समेत परेको छ भने अन्य क्षेत्रमा पानी परिरहेको छ। बिहान घमाइलो देखिएको काठमाडौंको आकाश केही समयमै बादलले ढाकिएको हो।
तिहारको अन्तिम दिन भाइटीका मनाउन आफन्तको घर जाने तथा टीका लगाएर फर्किनेहरूलाई अचानक परेको वर्षाले प्रभावित बनाएको छ।
मौसमको यो आकस्मिक परिवर्तनले भाइटीकाको चहलपहलबीच काठमाडौंको जनजीवनमा समेत प्रभाव पारेको छ।
भाइटीकाको दिन मौसम बदलिएसँगै वर्षा हुदै गर्दा चन्द्रागिरिबाट देखिएको दृश्य —
-1794387283.jpg)
-1794387284.jpg)
-1794387284.jpg)
-1794387284.jpg)
-1794387284.jpg)
-1794387284.jpg)
-1794387284.jpg)
-1794387283.jpg)