Ncell
Samsung banner
Samsung banner
Setopati समाज
Subscribe Setopati
शुक्रबार, माघ २३, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

तिहारमा के खाने ? के नखाने ?

Nmb
Nmb

डा मनोजकुमार यादव (एमडी इन्टरनल मेडिसिन)

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1
Laxmi bank

Laxmi bank

Ncell

Ncell

तिहारमा के खाने? के नखाने? भन्दा यसका दुई वटा पाटा हुन्छन् । स्वस्थ मानिसले के खाने ? बिरामीले के खाने ? भन्ने हुन्छ ।

शाकाहारीले घ्यू,तेल र मिठाइहरू तिहारमा धेरै खान्छन् भने मासु खानेहरूले अरू खानेकुराभन्दा  मासुलाई  नै  बढी प्राथमिकता दिने गर्छन् । अन्य समयमाभन्दा चाडपर्वमा  खसीको मासु बढी खाने गर्छन्। कतिपयले रक्सी पनि खान्छन् । तिहारमा भाइमसलाको प्रयोग पनि बढी हुन्छ।  मासु,चिल्लो, गुलियो र मसलेदार खानाको प्रयोग कम गर्नुपर्छ। खाँदै नखाने भन्ने पनि हुँदैन ।

चाडपर्व भनेकै मिठो खाने, राम्रो लगाउन र रमाइलो गर्ने भने बुझ्ने गरिन्छ । यो धेरै हदसम्म सत्य पनि हो । यो हाम्रो परम्परा पनि हो यसलाई छोड्न पनि मिलेन तर कम गरेर खानुपर्छ।

बिरामीले भने चाडपर्वमा अलि बढी नै ध्यान दिनुपर्छ। सुगर,प्रेसर र मुटुको बिरामीहरूले चिल्लो,नुनिलो र मसलेदार खाना खानु हुँदैन । त्यसैले यसलाई कम गर्नुपर्छ । प्रेसर र मुटुका रोगीले नुनको प्रयोग कम गर्नुपर्छ अनि सुगरका बिरामीले चिनी हालेको खाना खानु हुँदैन।

बच्चाहरूको हकमा पनि खाने कुरामा अलि बढी होसियारी अपनाउनुपर्छ। यो बेलामा उनीहरूले पटका पड्काउने,लगायतका काम गर्छन् । यस्ता चिजहरूमा विष सरहका एसीडहरू हुन्छन् । त्यही हातले खाना खाइरहेका हुन्छन्। उनीहरूको सरसफाईमा अझै बढी ध्यान दिनुपर्छ।

तिहारमा सेलरोटी,मिठाई लगायतका गुलियो र चिल्लो मिसाइएको खानेकुरा खाने प्रचलन धेरै छ । सकभर घ्यू र परम्परागत तेलहरूमा पकाएको खानेकुरा खानु हुँदैन । संभव भएसम्म सनफ्ल्वार, मकै र भट्टमासको तेलको प्रयोग गर्नुपर्छ । घ्यूमा ‘सेचुरेटेड फ्याट’ बढी हुन्छ। घ्यूले शक्ति बढी दिन्छ तर दिर्घकालीन रुपमा यसले हानी पुर्‍याउँछ। साधारण मानिसलाईभन्दा मुटु, प्रेसर र सुगरको रोगीलाई यसले हानी गर्छ।

चाडपर्वको बेलामा हरियो तरकारी र फलफूल बढी खानुपर्छ । चाडपर्वको ‘मूडमा’ हुँदा नियमित खाने औषधि पनि छोड्ने गरिन्छ । यो एकदमै गलत हो । यसले गर्दा कतिपय समस्याहरू निम्तिने गरेका छन् । चाडपर्वको बेलामा दीर्घ रोगीहरूले औषधिलाई छोड्न हुँदैन। एक आपसमा भेट्दा मिठाई मासुको सट्टामा फलफूल दिने चलन बसाल्नुपर्छ। यसलाई भारत र अमेरीकामा अभियानकै रुपमा पनि चलाइएको थियो।

चाडपर्वको बेलामा व्यायाम बढी गर्नुपर्छ

चाडपर्वको  बेलामा धेरै चिल्लो गुलियो खाना खाने गरिन्छ। जसले गर्दा शरीरलाई हानी पुग्छ। यो बेलामा व्यायाममा ध्यान दिनुपर्छ । बढी व्यायाम गर्‍यो भने खाएको खानेकुरा सन्तुलन बन्न पुग्छ । चाडपर्वको बेलामा खाने अनि आराम गर्ने भन्ने चलन छ जुन स्वास्थ्यका लागि गलत हो। आराम गर्ने, परिवार मिलेर रमाइलो गर्ने त राम्रो हो तर योसँगै स्वास्थ्यलाई पनि ध्यान दिन जरूरी छ। शारीरिक गतिविधिमा पनि ध्यान दिनुपर्छ।

रक्सी खान हुन्छ की हुँदैन?

रक्सी खान हुन्छ कि हुँदैन भन्नेमा सधैँ अन्यौलता छ । रक्सी सकेसम्म नखाएकै राम्रो हो । स्वस्थ व्यक्तिले न्यूनतम मात्रामा रक्सी खान सक्छ तर न्यूनतम भनेको कति हो? भन्ने कुनै निर्धारण भएको छैन। अनुसन्धानले रक्सीले हानी नै गर्छ  भनेको छैन तर स्वास्थ्यका लागि लाभदायक हुन्छ भनेर पनि प्रमाणित गर्न सकेको छैन। रक्सीको बेफाइदा नै बढी छ। बढी मात्रामा रक्सी सेवन गरेमा यसले पेनक्रियाज बिगार्छ जसले गर्दा ‘सुगर’को समस्या हुन्छ। यसका साथै, कलेजो बिगार्छ, पेटमा घाउ हुन्छ, रक्तश्राव  हुन्छ र दिसामा रगतसमेत देखिन्छ।

भाई मसला स्वास्थ्यका लागि फाइदाजनक

तिहारको बेलामा प्रयोग हुने भाई मसला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। भाई मसलामा केही मात्रामा चिल्लो पदार्थ हुने भएपनि समग्रमा यसले स्वास्थ्यलाई हानी गर्दैन । सेलरोटी मासु लगायतका खानेकुरा भन्दा बढी भाईमसला स्वास्थ्यका लागि उपयुक्त छ। काजु, बदाम, नरिवल, किसमिस, बदाम लगायतका खानेकुराहरूमा शरीरका लागि चाहिने भिटामिन, मिनरलस लगायतका तत्वहरू पाइन्छ ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४  १४:२८
सिफारिस
एनपिएलबाट उदाएका 'मिस्ट्री' स्पिनर शेर
एनपिएलबाट उदाएका 'मिस्ट्री' स्पिनर शेर
प्रचण्डविरूद्ध उम्मेदवारी दिएका सन्दीप पुनलाई प्रश्न– आफ्नै पूर्वकमान्डरलाई किन हराउनुपर्‍यो?
प्रचण्डविरूद्ध उम्मेदवारी दिएका सन्दीप पुनलाई प्रश्न– आफ्नै पूर्वकमान्डरलाई किन हराउनुपर्‍यो?
अदालत र अख्तियारमा चाहिएको सुधार
अदालत र अख्तियारमा चाहिएको सुधार
कम्युनिस्टहरूको सेल्टर इलाका, जहाँ सधैं हुन्छ कांग्रेससँग टक्कर
कम्युनिस्टहरूको सेल्टर इलाका, जहाँ सधैं हुन्छ कांग्रेससँग टक्कर
जो २०४८ देखि लगातार चुनाव लडिरहेका छन्
जो २०४८ देखि लगातार चुनाव लडिरहेका छन्
प्रधानमन्त्री कार्की र ओली संवादमा उठेका दुई कुरा
प्रधानमन्त्री कार्की र ओली संवादमा उठेका दुई कुरा
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

समाज

जन्तीबस दुर्घटनामा ८ जनाको मृत्यु, सबैको खुल्यो पहिचान
बैतडीमा जन्तीबस दुर्घटना– ६ जनाको मृत्यु, ४५ जना घाइते
भदौ २४ गते सिंहदरबार जलाएको भन्दै अन्तर्वार्ता दिएका युवक पक्राउ
स्रोत नखुलेको साढे १८ लाख नगदसहित एक जना पक्राउ
रौतहटमा कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु
बौद्ध क्षेत्रमा दिनदहाडै सुनका गरगहना चोरी गर्ने व्यक्तिलाई समात्न प्रहरीले चलायो गोली
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP