Ncell
Setopati
x
Ing
Setopati
x
Ing
Nic asia bank
Nic asia bank
Samsung banner
Samsung banner
Setopati समाज
Subscribe Setopati
शुक्रबार, कात्तिक २८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

तिहारमा के खाने ? के नखाने ?

डा मनोजकुमार यादव (एमडी इन्टरनल मेडिसिन)

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1
Siddhartha
Siddhartha
Laxmi bank

Laxmi bank

Ncell

Ncell

तिहारमा के खाने? के नखाने? भन्दा यसका दुई वटा पाटा हुन्छन् । स्वस्थ मानिसले के खाने ? बिरामीले के खाने ? भन्ने हुन्छ ।

शाकाहारीले घ्यू,तेल र मिठाइहरू तिहारमा धेरै खान्छन् भने मासु खानेहरूले अरू खानेकुराभन्दा  मासुलाई  नै  बढी प्राथमिकता दिने गर्छन् । अन्य समयमाभन्दा चाडपर्वमा  खसीको मासु बढी खाने गर्छन्। कतिपयले रक्सी पनि खान्छन् । तिहारमा भाइमसलाको प्रयोग पनि बढी हुन्छ।  मासु,चिल्लो, गुलियो र मसलेदार खानाको प्रयोग कम गर्नुपर्छ। खाँदै नखाने भन्ने पनि हुँदैन ।

चाडपर्व भनेकै मिठो खाने, राम्रो लगाउन र रमाइलो गर्ने भने बुझ्ने गरिन्छ । यो धेरै हदसम्म सत्य पनि हो । यो हाम्रो परम्परा पनि हो यसलाई छोड्न पनि मिलेन तर कम गरेर खानुपर्छ।

बिरामीले भने चाडपर्वमा अलि बढी नै ध्यान दिनुपर्छ। सुगर,प्रेसर र मुटुको बिरामीहरूले चिल्लो,नुनिलो र मसलेदार खाना खानु हुँदैन । त्यसैले यसलाई कम गर्नुपर्छ । प्रेसर र मुटुका रोगीले नुनको प्रयोग कम गर्नुपर्छ अनि सुगरका बिरामीले चिनी हालेको खाना खानु हुँदैन।

बच्चाहरूको हकमा पनि खाने कुरामा अलि बढी होसियारी अपनाउनुपर्छ। यो बेलामा उनीहरूले पटका पड्काउने,लगायतका काम गर्छन् । यस्ता चिजहरूमा विष सरहका एसीडहरू हुन्छन् । त्यही हातले खाना खाइरहेका हुन्छन्। उनीहरूको सरसफाईमा अझै बढी ध्यान दिनुपर्छ।

तिहारमा सेलरोटी,मिठाई लगायतका गुलियो र चिल्लो मिसाइएको खानेकुरा खाने प्रचलन धेरै छ । सकभर घ्यू र परम्परागत तेलहरूमा पकाएको खानेकुरा खानु हुँदैन । संभव भएसम्म सनफ्ल्वार, मकै र भट्टमासको तेलको प्रयोग गर्नुपर्छ । घ्यूमा ‘सेचुरेटेड फ्याट’ बढी हुन्छ। घ्यूले शक्ति बढी दिन्छ तर दिर्घकालीन रुपमा यसले हानी पुर्‍याउँछ। साधारण मानिसलाईभन्दा मुटु, प्रेसर र सुगरको रोगीलाई यसले हानी गर्छ।

चाडपर्वको बेलामा हरियो तरकारी र फलफूल बढी खानुपर्छ । चाडपर्वको ‘मूडमा’ हुँदा नियमित खाने औषधि पनि छोड्ने गरिन्छ । यो एकदमै गलत हो । यसले गर्दा कतिपय समस्याहरू निम्तिने गरेका छन् । चाडपर्वको बेलामा दीर्घ रोगीहरूले औषधिलाई छोड्न हुँदैन। एक आपसमा भेट्दा मिठाई मासुको सट्टामा फलफूल दिने चलन बसाल्नुपर्छ। यसलाई भारत र अमेरीकामा अभियानकै रुपमा पनि चलाइएको थियो।

चाडपर्वको बेलामा व्यायाम बढी गर्नुपर्छ

चाडपर्वको  बेलामा धेरै चिल्लो गुलियो खाना खाने गरिन्छ। जसले गर्दा शरीरलाई हानी पुग्छ। यो बेलामा व्यायाममा ध्यान दिनुपर्छ । बढी व्यायाम गर्‍यो भने खाएको खानेकुरा सन्तुलन बन्न पुग्छ । चाडपर्वको बेलामा खाने अनि आराम गर्ने भन्ने चलन छ जुन स्वास्थ्यका लागि गलत हो। आराम गर्ने, परिवार मिलेर रमाइलो गर्ने त राम्रो हो तर योसँगै स्वास्थ्यलाई पनि ध्यान दिन जरूरी छ। शारीरिक गतिविधिमा पनि ध्यान दिनुपर्छ।

रक्सी खान हुन्छ की हुँदैन?

रक्सी खान हुन्छ कि हुँदैन भन्नेमा सधैँ अन्यौलता छ । रक्सी सकेसम्म नखाएकै राम्रो हो । स्वस्थ व्यक्तिले न्यूनतम मात्रामा रक्सी खान सक्छ तर न्यूनतम भनेको कति हो? भन्ने कुनै निर्धारण भएको छैन। अनुसन्धानले रक्सीले हानी नै गर्छ  भनेको छैन तर स्वास्थ्यका लागि लाभदायक हुन्छ भनेर पनि प्रमाणित गर्न सकेको छैन। रक्सीको बेफाइदा नै बढी छ। बढी मात्रामा रक्सी सेवन गरेमा यसले पेनक्रियाज बिगार्छ जसले गर्दा ‘सुगर’को समस्या हुन्छ। यसका साथै, कलेजो बिगार्छ, पेटमा घाउ हुन्छ, रक्तश्राव  हुन्छ र दिसामा रगतसमेत देखिन्छ।

भाई मसला स्वास्थ्यका लागि फाइदाजनक

तिहारको बेलामा प्रयोग हुने भाई मसला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। भाई मसलामा केही मात्रामा चिल्लो पदार्थ हुने भएपनि समग्रमा यसले स्वास्थ्यलाई हानी गर्दैन । सेलरोटी मासु लगायतका खानेकुरा भन्दा बढी भाईमसला स्वास्थ्यका लागि उपयुक्त छ। काजु, बदाम, नरिवल, किसमिस, बदाम लगायतका खानेकुराहरूमा शरीरका लागि चाहिने भिटामिन, मिनरलस लगायतका तत्वहरू पाइन्छ ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४  १४:२८
सिफारिस
मास्टर्स पढिरहेका दुई साथी बेच्छन् पानीपुरी–चटपटे, गर्छन् डेलिभरी पनि
मास्टर्स पढिरहेका दुई साथी बेच्छन् पानीपुरी–चटपटे, गर्छन् डेलिभरी पनि
गगन थापाले केन्द्रीय समिति बैठकमा नेताहरूलाई दिए यस्तो जबाफ
गगन थापाले केन्द्रीय समिति बैठकमा नेताहरूलाई दिए यस्तो जबाफ
मधेस प्रदेशका ५ सांसदलाई गरियो पदमुक्त, भन्छन्– सभामुखले षड्यन्त्र गरे
मधेस प्रदेशका ५ सांसदलाई गरियो पदमुक्त, भन्छन्– सभामुखले षड्यन्त्र गरे
'अध्यक्षले छलफल हुँदैन भनेर कहाँ भन्नुभयो थाहा छैन, यसपालि झन् नीति र नेतृत्वमै प्रश्न उठ्छ'
'अध्यक्षले छलफल हुँदैन भनेर कहाँ भन्नुभयो थाहा छैन, यसपालि झन् नीति र नेतृत्वमै प्रश्न उठ्छ'
'स्कुल ड्रेसमा जान्छु, केही हुँदैन भनेको थियो, तीनवटा गोली खाएर ज्यान गयो'
'स्कुल ड्रेसमा जान्छु, केही हुँदैन भनेको थियो, तीनवटा गोली खाएर ज्यान गयो'
बोइङलाई क्षतिपूर्ति तिराइएको इथियोपिया जहाज दुर्घटनामा परेकी थिइन् नेपाली युवती पनि
बोइङलाई क्षतिपूर्ति तिराइएको इथियोपिया जहाज दुर्घटनामा परेकी थिइन् नेपाली युवती पनि
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

समाज

दीपक खड्काले भने– खड्का ल्यान्डमा मेरो स्वामित्व छैन
यस्तो रहनेछ आज देशभरिको मौसम
आज कति छ अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य?
अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीले गर्‍यो अनुरोध
३८ पटक पक्राउ परिसकेका व्यक्ति फेरि पक्राउ
दुई लाख रुपैयाँसम्म आकस्मिक सहुलियत ऋण दिने आइजिपीको निर्णय
ime money transfer
ime money transfer

विचार

डा. पेशल खनाल
जब शिक्षकले भने– अब त कक्षामा गएर पढाउन धेरै गाह्रो हुँदै गयो! डा. पेशल खनाल
बलराम केसी
नेता नेता जस्ता भएनन्– दल दल जस्तो भएन! बलराम केसी
अमित ढकाल
ज्ञानेन्द्र शाहीसँग बहसः राप्रपा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा किन? अमित ढकाल
शंकर पोखरेल
२२ वर्षपछि फेरि सुरू भयो मेरो डेरा जीवन शंकर पोखरेल

ब्लग

सुजन न्यौपाने
जब शब्दहरू रोकिन्छन्, तब क्यामरा बोल्छ... सुजन न्यौपाने
Marvel
Marvel
अजयकुमार झा
विद्यापतिका गीतहरू मैथिल संस्कृतिको शृंगार! अजयकुमार झा
सुदीप घिमिरे
सरकारले नै मनोविमर्शकर्तालाई गरेको विभेद! सुदीप घिमिरे
पुष्पा केसी
पढाइ र आम्दानीको संघर्षमा स्नातकोत्तरका विद्यार्थी! पुष्पा केसी
Kumari bank
Kumari bank

साहित्यपाटी

पुष्पा न्यौपाने
आफै स्वर्गकी अप्सरा! पुष्पा न्यौपाने
Hardik
Hardik
Kamana
Kamana
पदम भण्डारी
भाइलाई मुद्दा हाल्नु छ! पदम भण्डारी
side bar 17- shivam inner
side bar 17- shivam inner
वेदप्रकाश दवाडी 'बर्कती'
विभाजित जीवनका रंगहरू! वेदप्रकाश दवाडी 'बर्कती'
आयुष बडाल
सास र स्मृतिको लडाइँ! आयुष बडाल

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP