कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै फ्रेन्च ओपन टेनिसको खेल तालिका परिवर्तन भएको छ।
मे बाट सुरु हुने प्रतियोगिता चार महिना पर सारिएको छ।
आउँदो मे २४ बाट सुरु हुने फ्रेन्च टेनिस अब नयाँ तालिका अनुसार सेप्टेम्बर २० देखि अक्टुवर ४ सम्म हुनेछ।
हाल अप्रिल २० सम्मका लागि विश्वका सम्पूर्ण व्यवसायिक टेनिस गतिविधिहरू स्थगित गरिसकिएको छ।
पछिल्लो समय कोरोनाभाइरसको संक्रमणबाट युरोपेली मुलुकहरू प्रभावित बनिरहेका छन्।
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६, २१:०५:००