सर्वियन टेनिस सुपरस्टार नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन टेनिसको पुरुष एकलको उपाधि जितेका छन्।
शीर्ष वरीयताका ३३ वर्षीय जोकोभिचले रसियाका डेनिल मेदवेदेवलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन्।
उनले पहिलो सेट ७-५ ले जित्दा दोस्रो सेट ६-२ ले आफ्नो पक्षमा पारे। तेस्रो सेटमा पनि ६-२ ले नै जित निकाल्दै जोकोभिच अस्ट्रेलियन ओपन च्याम्पियन बने।
जोकोभिचले नवौं पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका हुन्। यस्तै उनको यो १८औं ग्रान्डस्लाम उपाधि हो।
स्विस टेनिस स्टार रोजर फेडेरर र स्पेनिस खेलाडी राफायल नाडालले २०-२० ग्रान्डस्लाम जितेका छन्।
यता पहिलो ग्रान्डस्लाम जित्ने अभियानमा रहेका २५ वर्षीय मेदवेदेव दोस्रो पटक फाइनलमा पराजित भएका हुन्।
यसअघि उनी २०१९ को युएस ओपनको फाइनलमा पनि पराजित भएका थिए।
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७, १७:०३:५१