एसिसी टी-२० इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको शीर्ष दुईमा नपर्ने पक्का भएसँगै नेपाल एसिया कप छनोट पुग्न असफल भएको छ।
बुधबार भएको खेलमा सिंगापुरले हङकङलाई १६ रनले पराजित गरेसँगै नेपाल शीर्ष दुईभित्र नपर्ने पक्का भएको हो।
हङकङलाई पराजित गरेको सिंगापुर भने लगातार तीन खेलमा जित निकाल्दै एसिया कप छनोटमा पुगेको छ।
अब समान २-२ खेलमा जित निकालेका हङकङ र मलेसिया मध्ये एक टिम शीर्ष दुईमा रहदै एसिया छनोटमा पुग्नेछन्।
अंङ्क तालिकामा सिंगापुर ६ अंकसहित शीर्ष स्थानमा छ। मलेसिया र मलेसियाको ४-४ अंक छ। नेपालको भने २ अंक मात्र छ।
अन्तिम दिन शुक्रबार नेपाल र सिंगापुर तथा हङकङ र मलेसियाबीच खेल हुनेछ।
यो खेलमा नेपाल जित हात पारे पनि शीर्ष दुईमा पर्नेछैन। किनभने सिंगापुरले ६ अंक जोडिसकेको छ भने जित हात पार्ने हङकङ वा मलेसिया पनि ६ अंक नै हुनेछ। जित हात पारेको नेपालको भने ४ अंक मात्र हुनेछ।
नेपाल पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो।
तेस्रो खेलमा भने नेपालले आयोजक थाइल्यान्डलाई बुधबार पराजित गरेको थियो। आयोजक थाइल्यान्ड चारै खेलमा पराजित हुँदै यसअघि नै बाहिरिसकेको छ।